माहुरीको घार बिक्रीबाटै वार्षिक ८ लाख आम्दानी गर्दै बेनीका दिलबहादुर खत्री

पाेखरा | पुस २९, २०७९

माहुरीको घार बिक्रीबाटै वार्षिक ८ लाख आम्दानी गर्दै बेनीका दिलबहादुर खत्री तस्बिर साभार

 म्याग्दी:   पछिल्ला केही वर्षदेखि चर्चित बनेको बेनी नगरपालिका –१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । यस पटक भने त्यहाँ बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै आउनुभएको छ । सुर्केमेलाका व्यावसायिक माहुरीपालक कृषक ४२ वर्षीय खत्रीले माहुरीको घार बेचेर वार्षिक करिब ८ लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।  


केसी २१ वर्षको उमेरमा संयुक्त अरब इमिरेट्सको दुबई शहर पुगेर दुई वर्ष बिताएर फर्केपछि दुई वर्ष यतै बसेर २५ वर्षको उमेरमा मलेसिया उड्नुभएको थियो । मलेसियामा तीन वर्ष बसेर २८ वर्षको उमेरमा फर्केर सुर्केमेलामा सुन्तला खेती सुरु गर्नुभयो । बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर व्यवसायमा लाग्नु भएको उहाँले हाल माहुरीको घारसँगै कागती एवम् सुन्तला जातका फलफुल उत्पादन गर्दै आउनुभएको छ । 


केसीले बार्षिक माहुरी तथा घारबाट करिब १० लाखको कारोवार गर्दैआएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “तीन वर्ष अघि एक सय घार बिक्री गरेको, त्यसपछि एक सय १५, गत वर्ष एक सय ४२ माहुर सहित घार बिक्री गरें ।” प्रतिघार माहुरीसहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको भनाइ छ । 

केसीको भनाइका आधारमा गत वर्ष माहुरीसहितको घारबाट मात्रै उहाँले आठ लाखभन्दा बढी मुनाफा कमाउनु भएको छ । यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार माहुरीले दुई सय ५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उहाँको भनाइ छ । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार माहुरी चरनमा राखिएका छन् । 


प्रत्येक घारमा माहुरीले सरदर तीनदेखि चार केजीसम्म मह उत्पादन गर्ने हुँदा सो परिणाममा मह बिक्री गर्ने केसीले बताउनुभयो । ताजा मह एक हजार रुपियाँदेखि एक हजार तीन सय रुपियाँ प्रतिकेजीका दरले बिक्री गर्नेगरेको उहाँले बताउनुभयो ।


कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मुल्यअनुसार माहुरीसहितको घारको १० हजार, माहुरी मात्रै ५ हजार, खाली घार मात्रै ३ हजार पाँच सयमा बिक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम माहुरी हाल्दिएको ५ हजार पाँच सय रुपियाँ लिनेगरेको उहाँको भनाइ छ ।


पाँच वर्ष लामो बैदेशिक रोजगारीबाट फर्केर २८ वर्षको उमेरदेखि सुरुमा बङ्गुर पालन, त्यसपछि भैसी, माछा, कुखुरापालन सँगै सुन्तला खेती गर्नुभएको थियो । पछिल्लो सात वर्ष अर्थात् ३५ वर्षको उमेरदेखि दुई घार माहुरीबाट पाल्न सुरु गरेको पेशामा आफू रमाएको भनाइ छ । 

कृषि ज्ञान केन्द्रले केही वर्षअघि सानो मोडेल फर्म अन्तर्गत अनुदान प्रदान गरेपछि भने त्यसले ठूलो मात्रामा व्यावसायिक तबरले अगाडि बढ्न सजिलो भएको उहाँको अनुभव छ । एक छोरा र छोरीलाई नीति विद्यालयमा पढाउँदै गर्नुभएका केसीको श्रीमान श्रीमती दुवैजना माहुरी पालनमै स्वरोजगार भएकोमा खुशी भएको बताउनुहुन्छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्